मुटुका भुल्काले बुलबुले ताल दिन्छन भावनामा
उकुस मुकुस सलबल तरँग,
रंग रंग बाहिरिन खोजेको,
बर्सिएर ओइरो,
भावनाको पैरो
कता कसरी पोखु भित्रि वेदनाहरू ?
सुन्न्यताले सुन्दैन,
देख्ने प्रकाश छैन
लुकाउने इच्छा छैन
बगाउ खोला हैन
त्यसैले कलम खोजेर लेख्छु कापीमा
आँधीले उढाएका असिना जस्तो साना ठुला गेडीहरूमा
मुटुका भुल्काले, ताल दिन्छन भावनामा
थोपा थोपी चुहिंन छन
कति सादा कापीमा
जानी नजानी झर्छन, कति रोकिन्छन कतै छेकिन्छन पोखिन्छन देखिन्छन
लुकाउने इच्छा छैन,
त्यसैले खोज्छु कलम लेख्छु कापीमा ।
