मनको बोली मनले बुझ्छ
आफ्नो ढुकढुकीको भाषा
बुझ्दैन कसैले यसको भाव
भेट्न सकिन्न ढोका खोली
मस्तिष्क मुटुको संगम हुन्छ
आफ्नै मनमा गुन्जिरहन्छ
आकार हुन्छ सारै सानु
ब्रह्माण्ड यसको कसरी जानु ?
अत्यन्त कमलो भाव भएको
भित्रभित्रै सुवास छरेको
रसिलो, हसिलो बसिलो बानी
धेरै ठक्कर खप्ने गर्छ
मनको भाषा मनले पढछ
मन नै हो सबको संसार
बुझेर नसक्ने यसको चाला
छिन छिन मै चन्चल बानी
स्थिर छैन एकै छिन पनि
हरदम डुल्ने छानी छानी
थाहा हुन्न कहाँ पुग्ने हो
कुन ठाउँ बस्छ कसरी कसले जानु ?
