Skip to content

आमा तिम्रो काखमा मर्ने


आमा तिम्रो काखमा मर्ने, आस मात्रै हो ।
आउँन् होला जिउँदो फर्की, लास मात्रै हो ।

यी आँखामा देख्छु सधैं मातृभूमि नेपाल,
मन उडी उतै विदेशको, बास मात्रै हो ।

कति बगाउँ पसिना यो पराई देशमा
दुःख जति गरे नि ज्यानको, नास मात्रै हो ।

फकौं साथी देश मै गरौं कुटो कोदालो,
मर्दा लाने नि एक मुठी, सास मात्रै हो ।

कर्म गरी फल कमाऊँ आफनै देशमा,
आखिर नसिब हुने देशकै, बाँस मात्रै हो । ……… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *