मुक्तिका लागि कागजमा केरेर हुन्न ।
देश डुब्ब्दैछ साँच्चै अब हेरेर हुन्न ।
विस्तारै देश खोक्रो पार्ने धमिरालाई
आगो लाई डढाऔं बरु घेरेर हुन्न ।
आस्वाशन मै पारी लाउने अघिपछि
यिनले भनेका कुरा नि टेरेर हुन्न ।
लुकी मासु खान पल्केछन ब्वासाहरू
ओकल्नु पर्छ तिनले नि छेरेर हुन्न ।
शताब्दियौंपछि जन्मेलान् देशका छोरा
आक्रोस पोख्ने कलम चाहिँ फेरेर हुन्न । …………..दर्पण
