सुने टाढा हुदाँ म अन्तै पाऊ लागेछ ।
छानी छानी माया लाउनु दाऊ लागेछ ।
वाण ताकी मुटु माझ तीर हानी जाँदा
बग्दै छोड्यो रगत ठूलै घाऊ लागेछ ।
एउटै तिमीले दिएको चिनो प्रेम–पत्र
साँच्दा साँच्दै त्यसमा आज माऊ लागेछ ।
नदि यता नदि उता माया खोज्दै हिड्दा
तिम्लाई चिठ्ठा साँच्चै ठूलै नाऊ लागेछ ।
सजावटी वस्तु सरी बजारमा सजिदा
तिम्रो नि आजकाल कत्रो भाऊ लागेछ ।………दर्पण
