फूल बनी फुलिदियौ, काडाँहरूको माझमा ।
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।
रुर्दा आँसु पुछिदिन्छौं, हातमा हात समाएर
दुःखी हुदाँ पनि हाँस्छौ, मन आफ्नै थमाएर
भाग्यले नै पाएँ क्यारे, यस्ती माया साथमा
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।
तिमीले सजाई हृदयमा मै पापीलाई बास दियौं
छिड्छिडो भैं बाँच्चिराथेँ, जगाई नयाँ स्वाश दियौं
छरी रह्यौ माया तिमीले, फैली मनको गाँझमा ।
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।
फूल बनी फुली दियौ, काडाँहरूको माझमा ।
तारा बनी उदाई दियौ, जुनेली त्यो साझँमा ।
दर्पण
