(१)
बारम्बार किन हान्छौ वचनको त्यो तीरले मलाई ।
बरु रोप सक्छौ भने तिमी तातो झिरले मलाई ।
पलपल आजकाल तिम्रो यादमा तड्पी बाँच्चि राछु,
एकै पटक मर्छु बरु किन मार्छौं पिरले मलाई ।
(२)
सानु तिम्रो घरको बाटो हेर साँच्चै आउँदिन म ।
बिन्ति बिसाई बिसाई माया पुग्यो अब लाउँदिन म ।
मनको ढोका खुल्ला राखी जबरजस्ती मनमा हुलेनी,
पाउँला तिम्रो शरिर मात्र चोखो माया पाउँदिन म ।
(३)
पिउँदै नपिई तिमीलाई साँच्चै रक्सीको मात लागेछ ।
कस्तो चड्यो जवानीको नसा दुनियाँको वात लागेछ ।
साहारा खोज्दै हिड्दै छौं रे साथी सङ्गी सबैले भन्थे,
देखें आज तिम्रो शरिरमा बाटो हिड्नेको हात लागेछ ।
…दर्पण
