मन मुटु नै छुटाएर, तिम्ले चिरा पार्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।।
तिम्रो धर लान्छु भन्थ्यौं, सिउँदो रङगाएर
आज एक्लै हिड्यौ आफैं, बाटो बङगाएर
रुवाएरै तिम्ले आफ्नो, ओठमा हाँसो भर्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।।
जुनी जुनी सँगै बाँच्ने, आशा मात्रै भए
टुटाएर जाँदा बन्धन, जिउँदो लास भैं रहेँ
म त अल्झे किनारैमा, तिमी पारि तर्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।।
मन मुटु नै छुटाएर, तिम्ले चिरा पार्यौ ।
बेइमानीको याद यहाँ, माया अन्तै सार्यौ ।। ……दर्पण
