(१)
कहिले काँही भड्कने नि मुटु एउटै ।
प्रीत लाउने धड्कने नि मुटु एउटै ।
अतित्तका घाउहरू बल्झिआउँदा,
चस्स गर्दै चड्कने नि मुटु एउटै ।
(२)
नियतिले आज जीवन खेल बनायो ।
हाँस्न खोज्दा आँसुकै भेल बनायो ।
मनमा छिरे पछि कोही हटाउन गारो रैछ,
माया अट्ने कसले मनको जेल बनायो ।
(३)
मुटुभित्र पोल्छ माया जलन रैछ ।
छुटिनु अनि भेटिनु त चलन रैछ ।
क्षणमै खुसी हुँदा छिनमै रुनु पर्ने,
जिन्दगी हाँसो र आँसुको मिलन रैछ ।……दर्पण
