मुटु मेरो पोल्यो मनमा आगो बालिदिँदा ।
मेरो छातीमाथि तिम्ले पाइला चालिदिँदा ।
सानु दिलमा राज गर्ने रहर मात्र भो,
बन्द गरी दिलको ढोका तिम्ले टालिदिँदा ।
देवी भाकी देउरालीमा मागेको त्यो साथ,
टुट्यो तिम्ले सम्बन्धको पर्खाल ढालिदिँदा ।
डडेल्लो डडे सरी जली खुसी टाढा भो,
अनायासै सौभाग्यको सिन्दुर फालिदिँदा ।
टुक्रा टुक्रा भई फुट्यो “दर्पण” सरी मुटु,
धोकेवाज निर्दयीको नामले गालिदिँदा ।
…………….दर्पण
