जेठी केटी


“खा न ! के हेर्दैछस् ? यो त नखाई नखाई हो के यस्तो सुकेको ! टन्न खानु, मजाले सुत्नु । किन लिने अनावश्यक तनाब ?”

“कहाँ मैले तनाब लिनु ? म त सोचिराको छु ।”

“खाने बेलामा नि किन सोच्ने त ? खा खुरुखुरु ।”

“ल के ल, अबको दस वर्षमा म के हुन्छु, कहाँ हुन्छु भनेर सोच्दै छु । ”

“के हुनु नि, ज्वाईँ होलास, बुढो होलास अनि बाउ होलास, ससुरालीमा होलास । पैँतीस वर्ष हुन्छस् मोरा ! ”

“ह्या, कति कराइरा ?”

“त्यो दाल हालेर खा न !”

“ल के ल खादै छु । साँच्ची मम्मी, जेठी केटी बिहे गर्दा के हुन्छ ?”

“के हुनु ? हुन त के नै होला र ? तेरो बाले मान्दैनन त्यै हो ।”

“हिहिहिही, हाम्रो बा नि बा नै हो ।”

“तर तपाईं नि जेठी रे नि त बाभन्दा, हो ?”

“नकरा मोरा, उसै त सधै त्यही भनिरहन्छन्, अनि फेरि त त्यस्तो कुरा गर्छस?”

“त्यो त हो ।”

“तर के नै हुन्छ र जेठी केटी बिहे गर्दा ?”

“कति जेठी छे र ?”

“केही हैन, मैले त सोध्या मात्र । तर एक दुई महिनाले त के नै गर्छ र ?”

“कुरा केटीकै त रैछ त । म जून को अनि त्यो चाहि अक्टोबरकी ।”

“हेर हेर बुद्धि मोरोको, अक्टोबरकी भनेसि कसरी जेठी भई?”

“हो त है ? म पनि कस्तो लाटो भाको ?”

अब यो समस्या पनि समाधान भयो । यो मन फुरुङ्ग भयो अनि खपाखप खाना खाएर मनमनै दङ्ग पर्दै तल झरें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *