Skip to content

Paudel Puskal

जीवनलाई सरल र साधारण बनाउन प्रयासरत मान्छे ! साध्य र साधनामा विश्वास राख्ने एक व्यक्ति ।

भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!

  विश्व मानचित्रबाट नेपाल हराएन भने दुई त्रिकोण को झण्डा लोप भएन भने हामी नेपाली… Read More »भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!

जीवन-अन्तर

जिन्दगीका अनेकौं रङ्गहरुले
तिम्रो मेरो जीवन पनि
रङ्गिन छ ।
न कि रङ्ग हिन !

तर तिमी मान्दैनौ
तिमी तिम्रो जीवनलाई मात्र रङ्गिन मान्छौ
मेरोलाई सादा !
म मेरो सादा जीवनमा पनि कालो र सेतो रङ्गहरू भेट्छु ।

दिन बित्दैछ

गजल

जसो तसो यहाँ गनेर दिन बित्दैछ
झुक्याइ आउछु भनेर दिन बित्दैछ ।।

झर्को फर्को गर्दै आफ्नै माथी पनि
ब्यर्थैमा कठोर बनेर दिन बित्दैछ ।।

बिबस्थाले थिचेका उठाउन भारिहरु
साँच्चै ठसठसि कनेर दिन बित्दैछ ।।

भासिदैछु झन् धन निकाल्ने बहानामा
आफैं पुरिने खाल्डो खनेर दिन बित्दैछ ।।

पुस्कल पौडेल (—प्रतीक)

बुझ्नै सकिन तिमीले किन आस छैन भन्यौ

बुझ्नै सकिन तिमीले किन आस छैन भन्यौ
चल्दै थियो ढुकढुकी तर सास छैन भन्यौ

सानो कुरा पनि तिमीले लुकाए झैँ लाग्यो जब
एउटा दुइटा सोधी हेरेँ केही खास छैन भन्यौ

याद आउँछ होला

कहिले त एकान्तमा रुँदा याद आउँछ होला
सबै सामु तर एक्लै हुँदा याद आउँछ होला

मलाई सुमसुम्याउने कोमल तिम्रा ती हातहरू
सुस्त सुस्त पराईले छुँदा याद आउँछ होला

मन परेन

जुन नै आत्मीय लाग्यो तारा मन परेन
छिन मै रिसाउने तिम्रो पारा मन परेन ।।

घरी यसो घरी उसो संकेत दिन छाड बरु
मुखैले बोलाउ तिम्रो इसारा मन परेन ।।

नफक्रदै झरेका फूलहरू

सुधारेर सुधृन्नन् अब, जानाजान गरेका भुलहरू
सारेर पनि सर्दैनन् कैल्यै, नफक्रदै झरेका फूलहरू

दु:खमा देख्दा कसैलाई यहाँ, शायदै कसैका मन रुन्छन्
होस् गुम्छन् आशाहरू जब, निराशामा परिणत हुन्छन्
हाँस्छ हेरेर झिक्दैन दैव, दु:खमा गडेका सुलहरू

फोटो चाहिँ पठाउनु

त्यसो भए मलाई तिमिले त्यो मन बाट हटाउनु
सक्छौ भने अन्तिम एउटा फोटो चाहिँ पठाउनु ।।

तिम्रा घरका गल्लिहरु हिँड्ने बानी नजालान् कि !
सम्भव छ त मुल बाटोमै कोहि पाले खटाउनु ।।

सम्झिएर मलाई तिमिले अब कुनै फाइदा छैन
दिन दिनै मेरा याद एक-एक गर्दै घटउनु ।

सम्भव छ त मुल बाटोमै कोहि पाले खटाउनु ।
सक्छौ भने अन्तिम एउटा फोटो चाहिँ पठाउनु ।।

पुस्कल पौडेल (—प्रतीक)

किन तिमीले?

सबै भन्यौ तर एउटा किन छुटायौ तिमीले
आफ्नैबाट यहाँ मलाई किन लुटायौ तिमीले

खासै त्यस्तो कुरा हैन तान्दै तन्काउँदै ठूलो भाको
झुटमाथि झुट झुटकै मुल किन फुटायौ तिमीले !

कोही छैन

पर्दाखेरी आफूलाई बोल्ने मन्छे कोही छैन
फुकाएर ब्यथाहरू खोल्ने मान्छे कोही छैन ।

गर्न सक्ने जे पनि त्यस्तो कुनै बर्दान पाको
दु:ख सुख एकै ठाउँ घोल्ने मान्छे कोही छैन ।

यसपाली हिउँद काटिन्न होला

सोचे झैँ अब फेरि मायाको
लामो डोरी बाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यसपाली हिउँद काटिन्न होला ।

यात्रामा एउटै बाटो हिँडेनी
आएसी दोबाटो छुट्नु पर्ने,
समय आउँदो रैछ त्यस्तै
आफूसँग आफैं टुट्नु पर्ने !
आकाशमा लागेको त्यो कालो बादल
नपरी पानी फाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

सम्झिएकी छैनौ तिमीले

सम्झिएकी छैनौ तिमीले त्यो पोहोरको होलीदेखि
भैगो आज सम्झिहालेँ म नि बिर्सिदिन्छु भोलिदेखि

बाहना गरी डर देखायौ हाम्रा बाउ यस्ता भनी
म पनि मर्दकै छोरो थिएँ डराउन्नथेँ गोलीदेखि

अँध्यारो भो मौसम आज

अँध्यारो भो मौसम आज
भारी वर्षात हुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।

अँध्यारोमै जिउने बानी
आँखा! चिम्लिदिन्छु कति खेर् त
झक्झक्याउँदै आत्मा भन्छ
आँखा खोली संसार हेर् त ।
धिप्धिपाउदै आकाशमा
चम्किएको जुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।

पल भरको खुशीमा

पल भरको खुशीमा हाँस्ने कोसिस गर्दैछु ।
जति खुशी मिले त्यति साँच्ने कोसिस गर्दैछु । ।

साथ दिन्छु भन्नेले नै हात छोडे अप्ठेरोमा,
बिना साथ कसैको म बाँच्ने कोसिस गर्दैछु । ।

चोट पीडा अँझै पनि सहनुछ कति कति,
”त्यसैले”
भर्भराउँदो आगो माथि नाँच्ने कोसिस गर्दैछु । ।

पुस्कल पौडेल (—प्रतिक)

मायामा ”कु” हुँदैछ

मिठो हाम्रो सम्बन्ध बिच भिलेन ”उ” हुँदैछ
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ

हिजो हाम्रो प्राय जसो भेट्ने ठाउँ चिडियाखाना
हो ?हैन? सुन्दैछु आज सदाका लागि ”जू ” हुँदैछ
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ

”कु” हुँदैछ

मिठो हाम्रो सम्बन्ध बिच भिलेन ”उ” हुँदैछ
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।।

हिजो हाम्रो प्राय जसो भेट्ने ठाउँ चिडियाखाना
हो ?हैन? सुन्दैछु आज सदाका लागि ”जू ” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।

निभाइयो बलेको आगो भर्भराको बाहानामा
थाहा छ! ब्यर्थ अब खरानी माथि ”फु” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।

हिजो अग्ला पहाड सिखर चड्दा लेक लाग्थ्यो
हिड्दा मात्र पनि आज तराइमै ”लु” हुँदैछ ।।
बुझ! चेतावनी यै हो मायामा ”कु” हुँदैछ ।। ।।

जस्को कुनै मुल्य थिएन जुन बहुमुल्य थियो
किन ? तुच्छ भई आज सबको ”थु” हुँदैछ ।।

र त लेख्-न थालेँ

एक्कासि तिमी टाढा भयौ र त लेख्-न थालेँ
अलपत्र मलाई छोडि गयौ र त लेख्-न थालेँ

सुख दु:ख सधैंभरि बाँड्ने भन्थ्यौ एक-अर्कामा
तर आज एक्लै दु:ख सह्यौ र त लेख्-न थालेँ

मिल्ने भए सित्तैमा दिई दिन्थेँ जिन्दगानी

मिल्ने भए सित्तैमा दिई दिन्थेँ जिन्दगानी
मर्ने भए सजिलै बिष पिई दिन्थेँ जिन्दगानी

च्यात्तिएको, फाटेको जीवन भयो लुगा जस्तै
चल्ने भए जडौरिमा सिई भए दिन्थेँ जिन्दगानी