अँध्यारो भो मौसम आज
भारी वर्षात हुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।
अँध्यारोमै जिउने बानी
आँखा! चिम्लिदिन्छु कति खेर् त
झक्झक्याउँदै आत्मा भन्छ
आँखा खोली संसार हेर् त ।
धिप्धिपाउदै आकाशमा
चम्किएको जुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।
बाँध्न खोज्छु यो मनलाई
झनै टाढा-टाढा जान खोज्छ
दौडाएर मलाई पनि
किन आफैसँग लान खोज्छ ।
जाउँ हिँड भन्छ माथि-माथि
उडि आकाश छुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।
अँध्यारो भो मौसम आज
भारी वर्षात हुन हो कि
भक्कानियो यै मन पनि
सायद अफै रुन हो कि ।
पुस्कल पौडेल (—प्रतिक)
