एक्कासि तिमी टाढा भयौ र त लेख्-न थालेँ
अलपत्र मलाई छोडि गयौ र त लेख्-न थालेँ
सुख दु:ख सधैंभरि बाँड्ने भन्थ्यौ एक-अर्कामा
तर आज एक्लै दु:ख सह्यौ र त लेख्-न थालेँ
बाचा भुली सक्यौ होला तिमीले तर मैले छैन बुझ्यौ !
मनमा मिठो याद बनी रह्यौ र त लेख्-न थालेँ
एक्कासी तिमी टाढा भयौ र त लेख्-न थालेँ
अलपत्र मलाई छोडि गयौ र त लेख्-न थालेँ
पुस्कल पौडेल (–––प्रतिक)
