मिल्ने भए सित्तैमा दिई दिन्थेँ जिन्दगानी
मर्ने भए सजिलै बिष पिई दिन्थेँ जिन्दगानी
च्यात्तिएको, फाटेको जीवन भयो लुगा जस्तै
चल्ने भए जडौरिमा सिई भए दिन्थेँ जिन्दगानी
यो जीवनमा यस्तै भो अर्कोमा केही हुन्छ कि !
पाउने भए उधारोमा लिई दिन्थेँ जिन्दगानी
दु:ख पिडाले शास फेर्न दिँदैन जिउन त झनै गार्हो
सुखी भए सधैं रमाइ जिई दिन्थेँ जिन्दगानी
मिल्ने भए सित्तैमा दिई दिन्थेँ जिन्दगानी
चल्ने भए जडौरिमा सिई भए दिन्थेँ जिन्दगानी !
मर्ने भए सजिलै बिष पिई दिन्थेँ जिन्दगानी
पुस्कल पौडेल (—प्रतिक)