बुझ्नै सकिन तिमीले किन आस छैन भन्यौ
चल्दै थियो ढुकढुकी तर सास छैन भन्यौ
सानो कुरा पनि तिमीले लुकाए झैँ लाग्यो जब
एउटा दुइटा सोधी हेरेँ केही खास छैन भन्यौ
सोधेँ म बाहेक कोही छ कि त तिम्रो भनी
अश्रुधारा बहाउदै अन्त कतै बास छैन भन्यौ
अँझै सोधेँ यदि पछि कोही आयो भने फेरि
माया बाँड्दै हिंड्न सबैलाई रास छैन भन्यौ
पुस्कल पौडेल (—प्रतिक)
