यसपाली हिउँद काटिन्न होला


सोचे झैँ अब फेरि मायाको
लामो डोरी बाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यसपाली हिउँद काटिन्न होला ।

यात्रामा एउटै बाटो हिँडेनी
आएसी दोबाटो छुट्नु पर्ने,
समय आउँदो रैछ त्यस्तै
आफूसँग आफैं टुट्नु पर्ने !
आकाशमा लागेको त्यो कालो बादल
नपरी पानी फाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

आधा पेटमै बसेको होला
नसोच्नु कहिल्यै भोको छ कि !
सबै सामु बाहिर हाँसे पनि
भित्र भित्र एक्लै रोको छ कि !
यसै पनि सुकेको ज्यान यो
यहाँभन्दा अब झाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

रुनु थ्यो मलाई तिम्रो सामु
खोलेर मनका भित्री कुरा !
डर छ हुन्छ कि हुन्न पूरा
या त रहन्छ्न्न् सबै अधुरा !
नपाउने कुरा ब्यर्थैमा अब
मनसँग मुटु साटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

सोचे झैँ अब फेरि मायाको
लामो डोरी बाटिन्न होला
अगाडि भेट हुन्छ हुन्न सानु
यस् पाली हिउँद काटिन्न होला ।

पुस्कल पौडेल (—प्रतिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *