Skip to content

Paudel Puskal

जीवनलाई सरल र साधारण बनाउन प्रयासरत मान्छे ! साध्य र साधनामा विश्वास राख्ने एक व्यक्ति ।

एक दिन

एक दिन सबैबाट टाढा हुनु पर्छ मैले पनि
तिमीले जस्तै कुनै दिन रुनु पर्छ मैले पनि !!

सराप हैन तिम्रो मनको न त कुनै आलाप नै हो
कसम खान एक दिन देउता छुनु पर्छ मैले पनि !!

मायाको हल्ला होइन, मात्र खैला बैला थियो

हावाले उडायो कसिङ्गर त, बाँकी फोहोर मैला थियो
मायाको हल्ला होइन, मात्र खैला बैला थियो ।।

एक अर्काकालाई हेरेर, लजाउँदै मुस्काइ दिनु
न त उस्को सुरुवात नै, न त मेरै पैला थियो ।।

थाहा छैन तर!

थाहा छैन तर! कसैले तिम्रो मन पढे झैँ लाग्दैछ,
किन हो आजकाल हामी बिचको दुरी बढे झैँ लाग्दैछ ।।

मेरो केही भन्नु थ्यो तिमीलाई, तिम्रो पनि सुन्नु थ्यो मलाई
तर आज ती कुरा मनभित्र कतै सडे झैँ लाग्दैछ !

आखिर मेरो केही लागेन

आखिर मेरो केही लागेन, बगाए नि आँशुका धाराहरू
एकोहोरो हट गरिरह्यौ, नछोडी आफ्नै पाराहरू

अन्न पानीकै शरीर मेरो, सम्झाउँदा सम्झाउँदा थाक्न सक्छु,
उडाई गयौ हाँसोमा किन ? मारेर आँखामा छाराहरू

म, ऊ र मेरो नशा !

मेरो लेखाइ र बाचनको तारीफमा तारीफ गर्दैथी ऊ
फेरि पढ्दा पढ्दै भावुक हुन्थी अनि सुन्दा सुन्दै मत्र मुग्ध हुन्थी ।
बेला बेलामा उस्को हँसीलो मुहार,
अनि मनै लोभ्याउने मोती झैँ दन्त लहर
लाग्थ्यो
अनियन्त्रित गतिमा चलिरहेको
मुटुका धड्कनहरूले गती पाए जस्तो,

नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

माया गर्ने मायालु आज कता गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

तिमीले छोडी गयौ किन भर्खर माया बसाएको
भुल्या छैन तिमीले मलाई दु:खमा पनि हँसाएको
मलाई सधैं हँसाउनेले आखिर रुवाइ गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

फर्कदैनन आँखाबाट चुईएका सपनाहरू

फर्कदैनन आँखाबाट चुइएका सपनाहरू
ब्युँतिदैनन आशासँगै तुइएका सपनाहरू

ठस् ठसी गन्हाउने बेकारका रहरहरू जस्तै
गन्हाउदैनन सिँनो झैँ कुइएका सपनाहरू

मन मुटु नै पो दिनु पर्छ त

मन मुटु नै पो दिनु पर्छ त, माया गरेर मात्र कहाँ हुन्छ
भाग्यमा लेखिनु पर्छ, मन परेर मात्र कहाँ हुन्छ

भाग्यमा छ भन्दैमा डोकामा, दुध दोएर त अडिने हैन
गोड्मेल गरेका बिरुवा त मर्छन, बिउ छरेर मात्र कहाँ हुन्छ

सायद गजल यसरी नै बन्छ

नचाहँदा नचाहँदै माया, लाए पछि बन्छ गजल
त्यही मायामा फेरि धोका, पाए पछि बन्छ गजल

थाहा पाउन गाह्रो हुन्छ, आखिर मात केको लाग्यो
२, ४ प्याक बिना सितन, खाए पछि बन्छ गजल

यत्तिकैमा मरेँ भने

माफ गर्नु तिमीलाई, मैले माया गरेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

तिमी बाहेक अरु मेरो, रुने मान्छे कोही छैन,
रुँदा सोधे अरुले, भन्नु यो कोही हैन
भेट्न आउँन सक्दिन, बन्धनमा परेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

मेरो इच्छा

खुट्टा छ ! सो अनुसारको जुत्ता छैन
जुत्ता छ ! सो अनुसारको खुट्टा छैन
जाबो लास ढाक्ने कात्रोमा
किन आज बुट्टा छैन

इच्छा म मर्दा यही मेरो
खसी काटी सबैले खाइयोस्
मरी स्वर्ग गए पनि
फेरि पनि मर्न पाइयोस्

म मरेको छैन यहाँ

म मरेको छैन यहाँ, अझै बाँचिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।

धुकधुकी बाँकी छोडी, न त मेरो ज्यान लियौ
यस्तै जिवन ज्युँनु तैले, भनिकन श्राप दियौ ।।
श्राप मुक्त हुन्छु भन्ने, आशमा अल्झिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।

अलि–अलि टाउको दुखेको छ

अलि–अलि टाउको दुखेको छ
अलि–अलि भाको छु बिरामी
अलि–अलि (मुन्टो) गर्दन दुखेझैँ भा छ
सायद नमिलेर होला सिरानी ।।

अलि–अलि नाडी पनि बढेको छ
अलि–अलि कोखामा हान्दैछ सोला
अलि–अलि कसैको याद पनि आइराछ
सायद ढुकढुकी बढेको त्यसैले होला ।।

मलाई शंका छ

मलाई तेरो मुख पनि हेर्न मन छैन
मलाई तेरो बोली पनि सुन्न मन छैन
तरो साथमा केवल पिडा अनि चोट मात्र पाएँ
धेरै सहेँ धेरै कुरेँ अब त हुन्छ! अब त हुन्छ!
तर मेरो केहि सिप लागेन……….
के तँ साँच्चै मेरै मन होस् त? मलाई शंका छ।

कति त्यस्ता अबस्था जहाँ मलाई जिउँदै मारीस्
सपना मेरा सानै तर! ती पनि चकनाचुर पारीस्
तेरो घृणामा मैले माया खोजेँ तर दया मात्र पाएँ
मेरो लक्ष्य एउटै! तेरो घृणालाई मायामा बदल्ने !
तर मेरो केहि सिप लागेन……….
के तँ साँच्चै मेरै मन होस् त? मलाई शंका छ।

पुस्कल पौडेल (––प्रतिक)

जन्मदिनको शुभकामना तिमीलाई

तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

हो! अचेल मलाई यस्तै लाग्छ

मेरा सारा खुसीहरु, तिमी सँगै छुटे झैँ लाग्छ
आफ्नो खुसीहरु आफैले, जानी–जानी लुटे झैँ लाग्छ
अचेल होसमै पनि झस्कन्छु घरीघरी
परिस्थितीले बारम्बार कुटे झैँ लाग्छ ।।
हो! अचेल मलाई यस्तै लाग्छ……

सम्झन्छु अझै पनि तिम्रो साथमा, खुसीमा रमाएका पलहरु
देखेका खुसीमा रम्ने सपना, सिसा झैँ झर्याम्म फुटे झैँ लाग्छ ।।

वियोग र पिडाहरुको यहाँ, हुन सक्छन् अरु नै कारणहरु
म तिमी अनि हाम्रो खुसीको बिचमा, बाधाहरु सारा जुटे झैँ लाग्छ ।।

कमजोर बन्दैछौँ आखिर किन? केही क्षण! एकअर्का बाट टाढा हुँदा
शंका–उपशंकाको कुरा हैन तर! बिस्वासको डोरी टुटे झैँ लाग्छ ।।

ढुकढुकी त चलिरन्छ

ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश

मनको बोझ हलुङ्गो पार्न, पोख्नु पर्छ व्यथाहरू
मनमै कुरा गुम्सिन्छन्, थुपारेमा रास