कोही छैन


पर्दाखेरी आफूलाई बोल्ने मन्छे कोही छैन
फुकाएर ब्यथाहरू खोल्ने मान्छे कोही छैन ।

गर्न सक्ने जे पनि त्यस्तो कुनै बर्दान पाको
दु:ख सुख एकै ठाउँ घोल्ने मान्छे कोही छैन ।

तुच्छ जीवन बेकार यो अमूल्य छ तर किन ?
भाउ यहाँ जिन्दगीको मोल्ने मान्छे कोही छैन ।

एक्लो हुँला यहाँसम्म नि मरे यस्तै हालतले
बेवारिस लास मेरो पोल्ने मान्छे कोही छैन ।।

पुस्क्ल पौडेल (—प्रतिक)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *