Skip to content

raj stha

लम्पसारबाद

लम्पसारवाद
हामी टाउको हराएको मान्छे
आफैलाई खोज्दै र सोध्दै भौतारिन्छौ
एकले अर्कोलाई लम्पसार पार्दछौ र फलाक्दछौ म राष्ट्रवादी
आफ्नो घर झगडा छिमेकीसँग रुन्छौ उस्को चिसा हातको पिठ्युमा धाप पाएर नतमस्तक हुने गर्दछौ
निर्बिकल्प मेरो देश सन्तानलाई भन्छिन किन टाउको गुमेका अगुवा छान्छौ

आस्थाका गुराँस

मैले हिमाल सङ्ग भने तिमि तराई तिर झर
उस्ले मेरो बुद्धि देखेर मलाई भन्यो
समथर भुमि उठाएर हिमालमा धान रोप
म बगेकैछु अनबरत तराई सम्म
तिमि जमिन सिंचेर सितलत्ता देउ
म तराई म हिमाल म पहाड् हु
तिम्रो भागबण्डा तिम्रो स्वार्थ
जे छ समेट्न नसकेर परदेश धाउनुपर्ने
म जहाँ छु अटल छु नजिस्काउ
तिम्रो जात पात छ धर्म छ तर म प्राकृत छु
म पहाड् देखी तराई सम्म तिम्रा निरर्थक
बक्म्फुसे कुतर्कको साक्षी बसेर
आफ्नै आगनमा बेसहारा बनाउनेतर्फ उन्मुख
भो अति भयो बन्दगर आफ्नैहरु लाई आफ्नो बनाउ
अनिहेर हिमाल मुस्काउदै पहाड् तराई अंगाल्दै
अबिछिन्न अखण्ड स्वाधीनआस्थाका गुराँस तिम्रा

म हुनुको मर्म

मन लखतरान समयको भुङ्रोमा
गुंड स्याहार्न हम्मे हम्मे यो झरीमा
तैपनि गन्तिमा आइदिनु छ जोडिनु छ
जनताको सपना बाच्नु छ करोडौं भइदिनु छ
गजधम्म परेका चिल्लाहरुको खुसियाली
मेरै नाममा अनबरत चलिरहेछ
सबै बिपत्ति को भारी मेरै थप्लोमा खपेर
जोगाइदिनुछ अजम्बरी सत्ताको सुकिलो कुर्सी
अभाव र अनिकाल मात्र होइन खहरे र बाढीपहिरो
मेरै घर खेत हुँदै बहन्छ प्रत्यक बर्ष
अहोरात्र पिसिनु छ श्रमको भट्टीमा
बाटो हराउँछ तैपनि हिँड्ने जमर्को
यही माटोमा र त ,म समय को भरी बोकेर
सगरमाथा उचालेर भिडमा हराए ।

फेरि अचानोको पीर

देश अचानो ठानेर मार हान्नेहरू
मार हान्दै छन ज्यानहरूमा
त,त र म,म को हानाथाप आदरणीयको
नाटक हेर्न श्रापित यी जिन्दगीहरू
पटक पटक बन्द हडताल नारा जुलुसमा
यही देश माथि बुर्कुसी मार्दछ

YubRajShrestha

बर्तमान र मेरो आँगन

आफ्ननै आँगनभरि न्यानो घामसँग
सन्तानमा खुसी बाड्ने रहरहरू
पटक पटक चोइटिने गर्छ
मपाईंत्वका बकाशुर अनाहकमा
जोरी खोजेर सिङ् दल्न खोज्छ आफ्नै डली र भित्तामा
बेसुरका गीत र गजल धुरी चढेर गाउन लाग्छ
नेल्सन मन्डेला तिमीले त मानिस एउटै रंगको बनायौ

देश र माटोहरू

श्यालहरू कराएको धेरै भयो
कराउनेभन्दा नकरा-उने श्याल
कुखुरो बनाएका कठै जनता
हिसाब किताब मिलाउनमा नै ब्यस्त
प्रत्यक झुल्के घामसँग यात्राका दिन मागेर
फेरि लखतरान मन साँझ घर भित्रिन्छ

परदेशीको चिठी

के लेखु चिठी तिमीलाई आज बेदना पोखेर
गुमाए सबै यो जीवन मेरो बिदेशनै रोजेर
कल कल बग्ने मेरा ती खोली म कहाँ भेटौला
सोचेकै थिईन तिमी र म यसरी छुटौला

उज्यालो घाम

सारा रात छटपटी र बेचैनी पूर्ण
कति कस्ट पीडा, सम्हाल्न आफैलाई मुस्किल
भोलि फेरी बिहान हुने छ झलमल्ल घाम लाग्छ
तिनै पत्रहरु टि.भी. र रेडियोमा बर्बराउने छन्
हामीले बिराएकै के थियौ र

पीडाका स्वरहरू

भरोसाका त्यान्द्रा चुडिएर भुइमा पछारिएपछि
युद्धको सिपाही पिठ्यु फर्काएर फर्केपछि
आखिर जे नहुनु पर्ने त्यो हुनुनै थियो
कसैलाई मधेश चाहिएको छ
कोही हिमाल ताक्छन
कोही पहाड खोज्छन

सपना र मेरो देश

मैले खोजेका ती सपनाहरू
निथ्रुक्क भिजेका छन
आडम्बरी नायक उराठ लाग्दो अभिनयमा ब्यस्त छ
सुम्पनु बाध्यता हो बागडोर हातमा लिएर
राजको भाषण कति सुन्ने
फेरि रैती हुन चाहनेहरूको भीड बढ्दो छ

खडेरी परेको सपना को देश

आस्था लालीगुराँसको रंग हो
तर अन्धाहरु के देख्छन र त
कुर्सीमा अधमरो सपना कोराल्छन
यो देशका बाठाहरु गन्तब्य हिन यात्रा थाल्छन
कठै बाडिएका हावादारी नया नेपाल
अजिर्ण डकार बनेर साताउदोछ

प्रेम र परिभाषा

मूल्य सोधेर गरिएको प्रेम
प्रेम गरेर तिरिएको मूल्य
आँखामा लालीगुराँस फूलाएर
ओठमा ढकमक्क आस्थाका रंग भरेर
परिपक्व आफनै चाहनाको गुडमा
प्रेमका अविचलित दियो बल्नु छ

आज फेरि देश दुख्छ

देश दुखेको बेला
अलिकति खुसी समेट्न खोजिदै गर्दा
मेची भक्कानिएर डाको छाड्दै रुदोछ
महाकालीको पीरहरू हृदयभित्र उकुस मुकुस हुन्छ
कसले रोपिदियो सन्तानको गिदीमा
जात र धर्मको निको नहुने घाउ

मनका कुरा

मनका व्यथा नाबोले नि आसुँ बनी झरी दिन्छ
‘मन पराएँ’ नभने नि पछि त्यसै पनि थाहा हुन्छ

हृदएको भाव उनले आँखालेनै हेरी दिन्छ
जति छल गरे पनि उन्को सामू खुली दिन्छ
चाहनु अर्थ छैन विश्वासको जिन्दगी यो
एक अर्काको पीडा दुख्ने नचुडिने सम्बन्ध यो

नसुनिएका धुनहरू

चाहेका खुसीहरू सस्तो हुदैन
त्यो विस्वासका इट्टाहरू पोलेर
जोडिएको घर जस्तै हो जहाँ
रहरहरू बग्रेल्ती डंगुर लाग्छन
प्रत्यक पटक हार्दै अनि बल्ल जीतको स्वाद
मुटुसम्म पुग्छ र भन्छ खुसी आयो ?

मर्यादाका लक्ष्मणरेखा

कोरिदिन्छ लक्ष्मन रेखा मान्छेहरू कोर्नलाई
गजधम्म पल्टन्छ र निदाएको स्वाँग रच्छन
किनकि उस्ले नै तोड्नुछ कोरिएका सीमा
मर्यादाका पर्खाल ढाल्नेहरू रेखा हेर्दैन
अतिक्रमणका फसलहरूमा मलजल गरे भो
असभ्य भन्नेहरू संग स्वच्छन्दताको ससभ्यता छदैछ

भर्याङ भाँच्नेहरू

आफू उक्लेपछि भरेंग भाच्नेहरू
तल झर्ने कुराले तर्सन्छन र झन उक्लन खोज्छ
उक्लेपछि त झर्नुपर्छ तर बिर्सन खोज्छ
यो बिर्साईको पीडा सद्धाम र गद्दाफिको हुन् सक्छ
श्यालहरू कराउँछ एकहरो
एकतमासले हिड्छ समय नपर्खी

चिसो सिरेटो र यात्राहरु

हुस्सुले गमल्यांग अंगालो हालेर
छोपेको यो शहरमा न्यानो खोज्न
शहर छिरेकाहरु मुटु छाम्दै छन्
तातो गर्मिलो घामको खोजीमा
एका बिहानै भौतारिदै गर्दा चिसो शहर
तातो चियामा सपना बेच्ने गर्छ
कतै टाढा कसैले सुटुक्क भन्ने गर्छ

यति साह्रो पीडा हुन्छ

यति साह्रो पीडा हुन्छ बिरानो यो ठाउँमा
कसो गरी बस्छिन प्यारी मेरो प्यारो गाउँमा
बाध्यतामा जोहो गर्न बिदेशी यो शहर
त्यसै कठै मर्ने हो कि बैंस भोग्ने रहर