raj stha
आस्थाका गुराँस
मैले हिमाल सङ्ग भने तिमि तराई तिर झर
उस्ले मेरो बुद्धि देखेर मलाई भन्यो
समथर भुमि उठाएर हिमालमा धान रोप
म बगेकैछु अनबरत तराई सम्म
तिमि जमिन सिंचेर सितलत्ता देउ
म तराई म हिमाल म पहाड् हु
तिम्रो भागबण्डा तिम्रो स्वार्थ
जे छ समेट्न नसकेर परदेश धाउनुपर्ने
म जहाँ छु अटल छु नजिस्काउ
तिम्रो जात पात छ धर्म छ तर म प्राकृत छु
म पहाड् देखी तराई सम्म तिम्रा निरर्थक
बक्म्फुसे कुतर्कको साक्षी बसेर
आफ्नै आगनमा बेसहारा बनाउनेतर्फ उन्मुख
भो अति भयो बन्दगर आफ्नैहरु लाई आफ्नो बनाउ
अनिहेर हिमाल मुस्काउदै पहाड् तराई अंगाल्दै
अबिछिन्न अखण्ड स्वाधीनआस्थाका गुराँस तिम्रा
म हुनुको मर्म
मन लखतरान समयको भुङ्रोमा
गुंड स्याहार्न हम्मे हम्मे यो झरीमा
तैपनि गन्तिमा आइदिनु छ जोडिनु छ
जनताको सपना बाच्नु छ करोडौं भइदिनु छ
गजधम्म परेका चिल्लाहरुको खुसियाली
मेरै नाममा अनबरत चलिरहेछ
सबै बिपत्ति को भारी मेरै थप्लोमा खपेर
जोगाइदिनुछ अजम्बरी सत्ताको सुकिलो कुर्सी
अभाव र अनिकाल मात्र होइन खहरे र बाढीपहिरो
मेरै घर खेत हुँदै बहन्छ प्रत्यक बर्ष
अहोरात्र पिसिनु छ श्रमको भट्टीमा
बाटो हराउँछ तैपनि हिँड्ने जमर्को
यही माटोमा र त ,म समय को भरी बोकेर
सगरमाथा उचालेर भिडमा हराए ।

लम्पसारवाद
श्यालहरू कराएको धेरै भयो