Skip to content


न्याना किरणहरू एकाबिहानै
नब स्पर्श नयाँ गीत बोकेर
मेरो सिरानीमाथि चिहाईरहेछ
यहि बिहानीको पर्खाइमा
सकस पूर्ण रातहरू पाखा लागेका छन
ती रात जसले त्रासको जीवन दियो
सन्तोषको एक झपक निंद सम्म दिएन
छटपटी र उकुसमुकुस मात्र दियो
देखिएका छन् नौला किरणका संवाहक
जसले जीवनका गीत गाइरहेछन
रातका प्रतिनिधि लाटोकोसेरो झैँ आँखा चिम्लिदैछ
बिहानै गाग्री बजाउदै पँधेर्नी शान्तिको संगीत भर्दै छ
स्कुले नानीहरू आस्वस्त झोला मिलाउदै
बुढापाका बोझिलो पन पन्छाउदै
तरुनी, तन्नेरी युग फेर्ने बाचा गर्दै
सुखद अनुभूतिका बिहानी
चराहरू नयाँ भाव र भाखा हाल्दैछ
ओइलाएका मनहरू गन्तब्य खोज्दैछ
बर्सौ पछी बल्ल यो बिहान ओर्लेको छ
र त आज बिहान अर्कै छ
स्मृतिको यादमा प्रथम पटक यति मधुर बिहान, आज पसेको छ आँखामा
बातावरण अझ चिसो छ, जाडो केही बढेको छ
तर, आज बिहान न्यानो पारिलो हुदै
मेरो देश माथि छताछुल्ल हुन खोज्दोछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *