Skip to content


मनका व्यथा नाबोले नि आसुँ बनी झरी दिन्छ
‘मन पराएँ’ नभने नि पछि त्यसै पनि थाहा हुन्छ

हृदएको भाव उनले आँखालेनै हेरी दिन्छ
जति छल गरे पनि उन्को सामू खुली दिन्छ
चाहनु अर्थ छैन विश्वासको जिन्दगी यो
एक अर्काको पीडा दुख्ने नचुडिने सम्बन्ध यो

दुख सुख आउछन जान्छन समयको छालसँग
बग्दै जानु नियति हो सपनाहरू हुन्छन भंग
तिमी मेरो म तिम्रो अरु सबै आउने जाने
भन्ने ले त जे नै भन्ला अरु सबै झुट ठाने

आऊ बाँचिदिऊँ हामी हाम्रो भागको भोग सबै
भोगेको नै पाइन्छ है नातागोता हुन्छन सबै
जानेदेखि सबै आफ्नो नत्र हुन्छ बिरानो नै
लाएदेखि सबै नयाँ नत्र सबै पुरानो नै

Leave a Reply

Your email address will not be published. Required fields are marked *