आस्था लालीगुराँसको रंग हो
तर अन्धाहरु के देख्छन र त
कुर्सीमा अधमरो सपना कोराल्छन
यो देशका बाठाहरु गन्तब्य हिन यात्रा थाल्छन
कठै बाडिएका हावादारी नया नेपाल
अजिर्ण डकार बनेर साताउदोछ
राम्रा भनिएका हाम्रा भनिएका
कद हराएका गफाडी ,बल्ल चालपाए
यो देश अखबार भित्र बाच्दछ र समाचार बन्दछ
पण्डितहरु बनेर छाटेका कन्तबिजोग सपना
आज तातो खरानी बनेर थाप्लोमा थाप्न बाध्य पारिदैछ
हुनुको पिडामा नेताबनेर हिलाम्ये फोहर
नकचरो कुर्सीमा चुम्बक बनेर टासिएको छ
भो कति बस्त्रहिन नाटक को खलपात्र बनेर
रजाईको सप्निल अभिनय पस्कन्छौ
हामी खडेरी भोग्न अभिसप्त
चालक बिहिन गाडीमा यात्रा गर्न परिबंदित
इन्धन ,ब्रेक चोरिएको केवल हर्न मात्र कराउने
मुटु भन्दा प्यारो नेपाल जो नया हुने लोभमा
चिथ्रा चिथ्रा बनेर सन्तानको बर्बराहट खप्न
आदरणीय नेताहरुको खडेरीग्रस्त सपना बोकेर
ठेल्दै ठेल्दै गाडी हिडाउन र वर्तमान भोग्न
सिरेटो ग्रस्त तुषारो खप्न श्रापित बन्दैछौ/
