Skip to content

बर्तमान र मेरो आँगन

YubRajShrestha


आफ्ननै आँगनभरि न्यानो घामसँग
सन्तानमा खुसी बाड्ने रहरहरू
पटक पटक चोइटिने गर्छ
मपाईंत्वका बकाशुर अनाहकमा
जोरी खोजेर सिङ् दल्न खोज्छ आफ्नै डली र भित्तामा
बेसुरका गीत र गजल धुरी चढेर गाउन लाग्छ
नेल्सन मन्डेला तिमीले त मानिस एउटै रंगको बनायौ
यहाँ त एउटै रंगका पनि रंग दल्न ब्यस्त बनाइदो छ
भएकोलाई टुक्रा पार्ने टुक्रालाई लिलाम गर्ने जोहो गर्दा छन
सहमति र सहमतिको फेरि सहमति गर्न सहमति खोज्ने गर्छ
अन्धकार छैन स्वाँग रच्दछ कति अन्धेरो भन्दै
नामर्दले श्रीमतीसँग ब्यर्थको सहवास खोजेर सन्तान जन्माउने
रहर पाल्दै आफ्ननै श्रीमतीलाई सन्तान नभएको दोष थुपार्न
स्याल हुईय्या हार मान्न तयार छैन
यो शुन्दर धर्तीको सानो आँगनमा मनग्य घाम लाग्न देऊ
तिम्रो हत्केला घाम तरी फर्कदैमा उज्यालो कहाँ छेकिएला
मनग्य सन्तान छन तिमी नहुदैमा आँगन रित्तिने छैन
नयाँ बिहानी त तिमीले भालेको घाँटी थिचे पनि रोकिने होइन
मपाईत्वका शिरेटोहरू भो अब अति भो बकबास बन्द गर
यो आँगन कसैको पेवा दाइजो र बन्धकी हैन
सबलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *