Skip to content

पीडाका स्वरहरू


भरोसाका त्यान्द्रा चुडिएर भुइमा पछारिएपछि
युद्धको सिपाही पिठ्यु फर्काएर फर्केपछि
आखिर जे नहुनु पर्ने त्यो हुनुनै थियो
कसैलाई मधेश चाहिएको छ
कोही हिमाल ताक्छन
कोही पहाड खोज्छन
देश कसैलाई चाहिएन केवल पात हाँगा र डाठ भए हुने
फेदको जराको अर्थ के चाहन्थे
समय उल्टो घुमाउने प्रयत्न गर्नेहरू
अब फेरि युगौ पहिलेको फेहरिस्त पल्टाएर
आ-आफनै जातीय क्षेत्र खोज्दो छ
उचाल्नेहरू बेलुनमा हावा भरे झैँ उचाल्न तयार छ
कठै फेरि नेवार राजा, लिम्बु राजा, मगर राजा, गोपाल राजा,
जातीय मुक्तिको खोक्रो नारा दिएर अल्प र बहुसंख्यक
हानाहान मारामार यो वा त्यो क्षेत्र, प्रदेश जति र धर्म
कठै नेपाली पन, मन
जनता गुराँसको थुँगा लिएर
छातीभरि हिमाल बोकेर
काँधमा पहाड भिरेर
पाखुरामा तराई बोक्दै
आशाका आँखा नब निर्माणको
नया बिहानी स्वागत गर्न आतुर हुदै गर्दा
फेरि तातो खरानी थाप्लोमा खसाएर
पीडाको चित्कार सुन्न बनिपरेकाहरूले
यो छातीभरि भक्कानिएको पीडा दिदो छ
कति उज्यालो थियो हाम्रा बाटाहरू
शान्त र सफा थियो चाहना
हामी आत्मीयता, समानता, स्वतन्त्रता र स्वाधीनता
सबैको समान पहुच र न्याना अबसरहरू
यति त हो चाहेका न्याय पूर्ण लोकतान्त्रिक समाज
अब फेरि बगरेहरू हातमा खुकुरी लिएर
खसी काटे झैँ टुक्रा टुक्रा पार्न तम्सने छन
जनतालाई अचानो बनाएर
निर्लज्ज देश काट्न अपराधीहरू तयार हुनेछन
सम्पूर्ण बकबास को अन्त गर्न
श्याल हुइयाहरूको नाकाब उतार्दै
मेचीदेखि कलि सम्म हिमाल देखि तराई सम्म
यो पबित्र भूमिमा अपवित्र पत्रहरूको
समुल बिसर्जन मात्र
मूल कानुन र नया संबिधान हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *