यति साह्रो पीडा हुन्छ बिरानो यो ठाउमा
कसो गरी बस्छिन प्यारी मेरो प्यारो गाउँमा
बाध्यतामा जोहो गर्न बिदेशी यो शहर
त्यसै कठै मर्ने हो कि बैंस भोग्ने रहर
जति सम्झ्यो उति दुख्ने मन कसोरी बुझाऊ
कति पटक चिट्ठीभित्र यो रिह्दय पठाऊ
आफ्नो पन आफ्नै मन छोडेपछि घर
बिदेशमा परायाको के नै हुन्छ भर
त्यो देउराली त्यो चौतारी उन्को समाई हात
गाउँ घरको मेला भर्दा बिताएका रात
सधैँभरि पीरको भारी परायाको खटन
के भानु र विदेशबाट ज्यानको गरे जतन
आफ्नै माटो आफ्नै माया किन बुझिएन
बिदेशको हाम्रो यात्रा कहिल्य टुंगिएन
नफर्किने गरी आउँछु मेरी प्यारी माया
न भिजाउनु परेली त्यो तिम्रै लाग्छ माया
