Skip to content


सारा रात छटपटी र बेचैनी पूर्ण
कति कस्ट पीडा, सम्हाल्न आफैलाई मुस्किल
भोलि फेरी बिहान हुने छ झलमल्ल घाम लाग्छ
तिनै पत्रहरु टि.भी. र रेडियोमा बर्बराउने छन्
हामीले बिराएकै के थियौ र
ताली नारा, जुलुस र ज्यान धन मन
के कमि थियो र सहिद बनेकै थियौ
हर एक मोर्चा सम्हालेकै हो
हाम्रा आँखा पनि लहलह धान खेत
उर्जाको किरण, हरिया पाखा पखेरु
बिदेशको कस्टकर भोगाई नस्ट होस्
मात्र चाहनाका सिमाहरु प्रस्ट थियो
असल शासन, सभ्य सम्मुनत राष्ट्र
आफनै परिधिको रेखा भित्र प्रेम
यो माटोमा छताछुल्ल पोखेर
मुस्कानका स्वतन्त्र अनुहार निर्धक्क
बाच्ने एउटा अठोट सकल्प र विश्वास
हत्या गरे, जन्मन दिएन भ्रुण हत्या
हिजो बुद्ध जन्मदा यी कुपात्र हुन्थे त
बुद्ध सायदै जन्मन्थे, कठै दिमागी टाट पल्टाई
यो यात्राहरु अझै पूर्णविराम छैन
जागरणका ज्वाला, खबरदारीका स्वर
अविरल रेखदेख एकताको बिसाल प्रस्टीकरण
अब सक्दैन कसैले रोक्न हामीलाई
हामी पुर्बका घाम हत्केला जति ठुलो भए पनि
उर्जा न्यानोपन छेक्न रोक्न थुन्न सक्दैन
हाम्रो थाप्लो सधै श्रापित छैन
यी फोहरको गन्ध लिएर चुपचाप
टाउको हल्लाउन
संबिधान तिमीले बन्नु पर्छ
नया नेपाल बनाउननै पर्छ
बदल कुपात्र छान नयाँ नेतृत्व
साहिलादाई तिम्रो टोपीको फेर च्यातिनु हुन्न
साहिलीदिदी तिम्रो चोलीको तुना चुडिनु हुन्न
छिमेकीले च्याप्न खोज्छ एकता चुडिन हुन्न
सबैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *