Skip to content

नसुनिएका धुनहरू


चाहेका खुसीहरू सस्तो हुदैन
त्यो विस्वासका इट्टाहरू पोलेर
जोडिएको घर जस्तै हो जहाँ
रहरहरू बग्रेल्ती डंगुर लाग्छन
प्रत्यक पटक हार्दै अनि बल्ल जीतको स्वाद
मुटुसम्म पुग्छ र भन्छ खुसी आयो ?
खोजी हो खुसीको त्यो छ पनि र छैन पनि
हुन् जाने जता ततै नजाने कहिँ पाइन्न
तर पूर्ण बिराम हुदैन लगातार बहन्छ
अविरल जिन्दगी र चाहनाहरू
मुस्कएका ओठ, हँसिलो मुहार मात्र
नहुन सक्छ खुसी, यो त मनबाट मन हुदै बहन्छ
र हृदयभरि लटरम्म फूल्छ
अनुभूतिका रसहरू फिजिंन्छ
पाएकाहरूको भनिएका खुसीहरू नजिकबाट
पनि नभएको गहिरो ईनार
जहाँ अन्धकार सधै कुरिरहन्छ
यी जीवनका अनबरत रहर
नसुनिएका धुन जस्तै तालमय छ
अनुभूतिका स्वरहरूमा अनुवाद छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *