कोरिदिन्छ लक्ष्मन रेखा मान्छेहरू कोर्नलाई
गजधम्म पल्टन्छ र निदाएको स्वाँग रच्छन
किनकि उस्ले नै तोड्नुछ कोरिएका सीमा
मर्यादाका पर्खाल ढाल्नेहरू रेखा हेर्दैन
अतिक्रमणका फसलहरूमा मलजल गरे भो
असभ्य भन्नेहरू संग स्वच्छन्दताको ससभ्यता छदैछ
ककटेल बाच्ने रहरमा बाचिएको परिबेश
न गुलियो न अमिलो, न पिरो न टर्रो
स्वतन्त्रताको यो परिभाषा मा पग्लिएर हिंडेपछी
रावणहरू सीता काखी च्याप्न आतुर हुन्छ
सीताहरू लक्ष्मन रेखा हेर्दैन र त
लक्ष्मनहरू को पहरा लगाएर फालहान्छ
त्यसैले त रेखा मिचे पनि भो नाघे पनि भो
मर्यादाका गुरुहरू संग सापट मागेर अझ किनेर
झोलाभरी नथाके सम्म बोकेका पुस्तकहरू
झुसिलो बर्तमानमा मर्यादा सफाचट छ
अंग्रेजी बोल्ने सन्तान संग टोलाएका पिता
आफ्नै मर्यादाको बिगुल फुक्न बाध्य छ
