Skip to content


श्यालहरू कराएको धेरै भयो
कराउनेभन्दा नकरा-उने श्याल
कुखुरो बनाएका कठै जनता
हिसाब किताब मिलाउनमा नै ब्यस्त
प्रत्यक झुल्के घामसँग यात्राका दिन मागेर
फेरि लखतरान मन साँझ घर भित्रिन्छ
हराउदै छ कुखुरो हराए झैँ
दिन दिनै उसका रहर लाग्दा छोरोहरू
ऊ फर्कन्छ वा केही दिन सामल टार्न पैसा
यहाँ पद दलाली हुन्छ बिचौलियाहरू बुर्कुसी मारेर
उस्को पाखोबारी माडीमैदान बनाउछ
अन्धो नकचरो लाजमर्दो
देश काट्न तम्सेका कसाहीहरू अँझ भाषण कुराल्छ्न
देश बन्धक छ कसैको बिर्तासरी
भद्रगोल छ कसैको जात्रा सरी
यो अधकल्चो माटोमा नाचेका बाचेका
अर्थहीन पुस्तक बोकेर ब्यापारी पाठशाला लम्केका
आफनै पुस्तासँग बुढेसकाल खोज्दै बित्छ
वाक्क दिक्क लाग्दा अलाप सुन्दा सुन्दा
कान पाकेर सुन्न नपरे हुने देख्न नपरे हुने
आफ्नै मातेका आउरे बाउरेको भीड जम्मा परेर
राष्ट्रवाद फलाक्न ब्यस्त ती अघाएका भुडीहरू
बिचौलिया मेरो देश र माटोहरू
बेरोजगार बनाएर धपाएका सन्तान फर्कदा
देश पराया हुन सक्छ
रहेका हे हामीहरू अंगालोभरि देश स्याहार्न
बेला छदै साबधान बिचौलिया राँगो कुदे झैँ उफ्रदै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *