Skip to content

कृष्ण के श्रेष्ठ "काल्स"

ढलाउने आँट कस्को?

अर्कै पार्टी आई सत्ता, चलाउने आँट कस्को?
यति प्यारो मेरो कुर्सी, ढलाउने आँट कस्को?

आजै छाड! आजै छाड!, मागे पनि राजीनामा
मेरै पुत्ला सडकमा, जलाउने आँट कस्को?

जिन्दगीको चोला कस्तो ?

आखिरीमा मर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?
दु:खै मात्र गर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?

चाहे जस्तो हुन्न रैछ, जिन्दगीको गोरेटोमा
सयौं खोला तर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?

तिम्रो लागि

तिम्रो लागि…
Posted on Thursday, June 16, 2011 No Comments
Labels: गजल
Share

गजल

हाँसो दिई आफू आँसु, पिएको छु तिम्रो लागि
रित्त्याएर मायामोह, दिएको छु तिम्रो लागि

बर्षौ बर्ष पर्खीबसी, तिमि पाउने आशामा
जिन्दगि नै मायामारी, खिएको छु तिम्रो लागि

के नै अर्थ रह्यो मेरो, बिना तिम्रो अभावमा
मर्छुमर्छु भनेरनी, जीएको छु तिम्रो लागि

थोत्रोबनि च्यातिसक्या, सबैसबै मायामेरा
प्रेमको धागोले मन, सिएको छु तिम्रो लागि

बिछोडिइ आफूभित्र, चोखो माया दिनलाइ
आफूसंगै आफ्नोमाया, लिएको छु तिम्रो लागि

लाखौं बिन्ति गर्दापनि, नपाएर साथ तिम्रो
कर्कलाको पातमा म, अडेको छु तिम्रो लागि

छोडी गइन निष्ठुरीले

फूल दिंदा उपहार छोडी गइन निष्ठुरीले
पिरतीको मूलबाटो मोडि गइन निष्ठुरीले

रातौंदिन तिमितिमी भनेर म बस्दापनि
अरुकै पो मायाबारी गोडी गइन निष्ठुरीले

दिन ढल्यो

तिमीलाई सम्झिएर बस्दैमा दिन ढल्यो
मुटुभित्र लुकी चोरी पस्दैमा दिन ढल्यो

तिमी बिना एकान्तमा टोलाएर रुँदारुँदा
तप्प आँसु आँखाबाट खस्दैमा दिन ढल्यो

20110322_KrishnaKShresthaKals_01

“धन कमाउने सपना” गजल-संग्रह बिमोचित

अनाममण्डलीबाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” दवारा लिखित “धन कमाउने सपना” नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्वय गजलकार प्राज्ञ बूँद राना, साहित्यकार धनराज गिरी, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।



लुक्ने होइन है

स्वाभिमानी नेपाली झुक्ने होइन है
जान्छौ त जाऊ तर लुक्ने होइन है

पैसाकै लोभमा परी दिन रात जोतिएर
कामै कामले आफू चाहिं सुक्ने होइन है

बिदेशी त्यो भूमिको महानता देखेर
कोही कसैसँग पनि चुक्ने होइन है

गजल

विकसित संसार आहा ! कति राम्रो
बिदेशी सरकार आहा ! कति राम्रो

देशको विकासमा सबैमिली लागिपर्ने
जनताको विचार आहा ! कति राम्रो

हत्याहिंसा हैन विकास र सम्वृद्धिको
विहानी समाचार आहा ! कति राम्रो

जातभात छुवाछुत कसैलाई नगर्ने
समान व्यवहार आहा ! कति राम्रो

सेवा र सुबिधाले सम्पन्न शहरका
ठूलाठूला बजार आहा ! कति राम्रो

परदेशीलाई

दुध खाई खा’को कसम तोडी जाने परदेशीलाई
नसम्झे भो आमा देश छोडी जाने परदेशीलाई

गाउँको जग्गा जमिन बाँझो छाडी आफ्नो
मरुभूमि तातो मैदान गोडी जाने परदेशीलाई

आफ्नो देशलाई माया मारेर विदेश भूमिमा
रगतको नयाँ नाता जोडी जाने परदेशीलाई

….नयाँ सालले

गोली बम बारूदहरू फाली आओस् नयाँ सालले
बुद्धको शान्तिदीप बाली आओस् नयाँ सालले

भात्किएका झुपड़ी र भासिएका बाटो खन्न
बिकासको पाईला चाली आओस् नयाँ सालले

लुछाचूड़ी गरी गरी, हाम्री यी नेपाल आमाको
च्यातिएको चोली टाली आओस् नयाँ सालले

विदेशी समय

“ल त गएँ है, फेरी भेटौला नी पछि”
म साथी संग बाईबाई गर्दै काममा जान हतारहतार गरि रेल चढ्नको लागि हस्यांगफस्यांग गर्दै ट्रेन स्टेसन तिर लम्किन्छु ।

मूल्य

रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोही कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ, मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें। तर मैले यकिन गर्न सकिन कि, त्यो केको आवाज भनेर ?

टक्क रोकिएँ एकछिन, नजिक गएर सुन्ने कोसिस गरें । कोही छटपटिंदै जापानी भाषामा “ऐया ऐया” भनिरहेको जस्तो सानो आवाज हो कि जस्तो लाग्यो मलाई । त्यसैले मलाई भित्र छिर्न मन लाग्यो तर मलाई डर लागेर आयो । किनकि, जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराउँदैनन ।

तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खाली बोतलहरू छरपस्ट थिए । पाईला टेकने कुनै ठाउँ थिएन त्यहा । फोहरहरू पनि जताततै छारिएका थिए कि, मानौं त्यो कोठा कुनै फोहर फाल्ने ठाउँ जस्तो देखिन्थ्यो ।

एक दर्जन हाइकु


आँसु वगेर
जिन्दगी समुन्द्रभो
दुखी जीवन


कुहिसकेको
आलुको के काम र ?
नेपाली नेता


झ्याल खोलेको
चिसो बतास छिर्यो
उन्को अंगालो


छटपटीभो
चकमन्न रातमा
हाइकु फुर्यो

गजल

धन कमाउने ठूलो सपना देख्दैछु म विदेशमा
थाकिएको ढाड घाममा सेक्दैछु म विदेशमा

उहाँ छदा नाम्लो पनि नछोएका हातहरुले
सकी नसकी भारीहरु थेग्दैछु म विदेशमा

सक्दिन म हिड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दैछु म विदेशमा

ठूली भयौ

चर्किएको मुटुमा नुन र्छर्केर ठूली भयौ
बिनासित्ती आफू आफैं चर्केर ठूली भयौ

कोमल यो मन खुकुरीको धार ठानी
वोलचाल गर्दा पनि, झर्केर ठूली भयौ

माया गर्छु भनी कसम खाने तिमीले
मुसलधारे पानीभै पो धर्केर ठूली भयौ

तिहारमा आउँला दिदी

सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी
दशैंमा त आइन म तिहारमा आउँला दिदी

साथीसंगी सबै मिली गाउँ शहर डुलीडुली
देउसी भैलो रमाएर तिहारमा गाउँला दिदी

तेलझैं नसुकियोस अनि लामो आयु होस
भन्ने आशिष धेरै तिहारमा पाउँला दिदी