Skip to content


धन कमाउने ठूलो सपना देख्दैछु म विदेशमा
थाकिएको ढाड घाममा सेक्दैछु म विदेशमा

उहाँ छदा नाम्लो पनि नछोएका हातहरुले
सकी नसकी भारीहरु थेग्दैछु म विदेशमा

सक्दिन म हिड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दैछु म विदेशमा

संघर्षरुपी जीवनका तीर मैतिर ताक्दाखेरि
भाग्यलाई ढाल बनाई छेक्दैछु म विदेशमा

आमा! अब फर्किन्छु हलो जोत्न स्वोदेशमै
भनि गजल बेदनाका लेख्दैछु म विदेशमा

4 thoughts on “गजल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *