स्वाभिमानी नेपाली झुक्ने होइन है
जान्छौ त जाऊ तर लुक्ने होइन है
पैसाकै लोभमा परी दिन रात जोतिएर
कामै कामले आफू चाहिं सुक्ने होइन है
बिदेशी त्यो भूमिको महानता देखेर
कोही कसैसँग पनि चुक्ने होइन है
स्वर्गनै पो भन्ठानी परदेशी मरुभूमि
नेपाललाई छि:छि गरी थुक्ने होइन है
जे भए नि मातृभूमि सुन्दर नेपालको
दुर्दशालाई अरु माझ फुक्ने होइन है
http://www.dolakhanepal.blogspot.com/
