Skip to content


तँ नआइज !
विदेश तेरो लागि ठिक छैन

भन्दिन तँलाई
किनकि
विदेश आउनु
तिम्रो रहर हैन होला
अनि
मेरो पनि रहर थिएन
हामीलाई
बाध्य पारिएको छ
परदेशिनको लागि
आफ्नै नेपालको अवस्थाले
अनि
नेपाली गरिबी र बेरोजगारीले
किनकि हामीलाई
कठालो समाती जबर्जस्त
गलहत्याएर निकालेकाछन
त्यसैले,
तिम्रो विचार
आउँछौ त आऊ
तर,
यदि
आइहाल्यौ भने पनि
तिमीले
रित्तो हात नफर्क
केहि लिएर जाऊ यहाँबाट
तिम्रो देशको
उन्नति र विकासको लागि
अनि
शान्तिको कोसेली लगेर जाऊ
नेपाली आमाको लागि
अनि,
सिकेर जानु तिमीले
विदेशको विकासशैली
बिदेशी राम्राराम्रा कुराहरु
इमान्दारिताको पाठ
सिकाउन सक्नेगरि पढेर जाऊ
साथमा
बिदेशी शिक्षा लिएर जाउ
तर तिमी
कदापी
बिदेशी नबन र बन्ने कोसिस पनि नगर
जहाँ रहेपनि तिमी
नेपाली भएरै बाँच्न सिक
नेपाली कला संस्कृति
छातीमा बोकेर बाँच
बिदेशी रमझममा नेपाल नबिर्स
किनकि
तिम्रो नेपाली पहिचान छ
आफ्नै संस्कृति छ
नेपाली आमाको रगत बगेकोछ तिम्रो नशानशामा
त्यसैले,
खबरदार!
विदेश आए पनि
बिदेशी नबन्नु तिमी
यदि
मनिनौ भने, अनि नेपाल लाई बिर्स्योउ भने
पक्कै पनि
सरप्ला तिमीलाई नेपाल आमाले
रोक्नेछ बाटो
सगरमाथाले
शान्तिका अग्रदुत बुद्धलेपनि
तिमीमाथी
बल प्रयोग गर्न बाध्य हुनेछ
त्यसैले
आउन त आऊ तर केहि लिएर जाऊ
साथै
बिदेशमा पनि
केहि नेपाली पहिचान दिएर जाऊ
रित्तो हात नफर्क तिमी
अनि नराम्रा कुराहरु दिएर
नराम्रा कुराहरु लिएर पनि नजाऊ
कसम खाऊ नेपाल आमा संग
अनि मात्र आऊ तिमी
अनि
केहि बोकेर जाउ तिमी
त्यसैले ,
म तिमीलाई
नआऊ भन्दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *