फूल दिंदा उपहार छोडी गइन निष्ठुरीले
पिरतीको मूलबाटो मोडि गइन निष्ठुरीले
रातौंदिन तिमितिमी भनेर म बस्दापनि
अरुकै पो मायाबारी गोडी गइन निष्ठुरीले
दिदादिदै चोखोमाया नराखेर कत्तिबाँकि
रुवाएर अन्तैमाया जोडी गइन निष्ठुरीले
मरेपनि साथदिन्छु भन्ने बाचा गरेरनी
स्वार्थीबनि आजकिन तोडी गइन निष्ठुरीले
आफूभन्दा धेरैमाया मलाई नै गर्छु भनी
देखावटी खोलआज ओडी गइन निष्ठुरीले
