Skip to content

चकमन्न अँधेरीको रात भए पुग्छ


चकमन्न अँधेरीको रात भए पुग्छ मलाई
चाहिंदैन माया तिम्रो साथ भए पुग्छ मलाई

फुलिराख्नु फूल भै जुनी-जुनीसम्म तिमी
कुहिएर झरिजाने पात भए पुग्छ मलाई

एकान्तमा एक्लै म टोलाएर बस्नुभन्दा
तिम्रो याद भुल्नलाई मात भए पुग्छ मलाई

जिन्दगीमा हाँसीखुसी तिमीबिना जीउनलाई
घृणासरि गरिएका बात भए पुग्छ मलाई

मेरो लागि अलिकति चोखोमाया दिन्नौ भने
माया हैन बिश्वासमा घात भए पुग्छ मलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *