Skip to content

ढलाउने आँट कस्को?


अर्कै पार्टी आई सत्ता, चलाउने आँट कस्को?
यति प्यारो मेरो कुर्सी, ढलाउने आँट कस्को?

आजै छाड! आजै छाड!, मागे पनि राजीनामा
मेरै पुत्ला सडकमा, जलाउने आँट कस्को?

खेल्दै छु म भकुण्डो यो , देशलाई बनाएर
लुकीछिपी कोही आई, छलाउने आँट कस्को?

चिल्लो गाडी हाँकी मैले, मोजमस्ती गर्या देख्दा
गरिबीको रोग सारी, थलाउने आँट कस्को?

कहाँ काम गर्छु मैले? पैसा खान भाको नेता
हात्मा ठेला उठ्ने गरी, दलाउने आँट कस्को?

Leave a Reply

Your email address will not be published. Required fields are marked *