चर्किएको मुटुमा नुन र्छर्केर ठूली भयौ
बिनासित्ती आफू आफैं चर्केर ठूली भयौ
कोमल यो मन खुकुरीको धार ठानी
वोलचाल गर्दा पनि, झर्केर ठूली भयौ
माया गर्छु भनी कसम खाने तिमीले
मुसलधारे पानीभै पो धर्केर ठूली भयौ
मिलेको जीऊ अनि अनुहार नशालु ति
बारुली कम्मर पनि मर्केर ठूली भयौ
प्रेममा मस्त “कृष्ण” तिम्रो मायाजालमा
आँखा जुधाउदा अन्तै तर्केर ठुली भयौ
http://www.dolakhanepal.blogspot.com/
