Skip to content

१
आँसु वगेर
जिन्दगी समुन्द्रभो
दुखी जीवन

२
कुहिसकेको
आलुको के काम र ?
नेपाली नेता

३
झ्याल खोलेको
चिसो बतास छिर्यो
उन्को अंगालो

४
छटपटीभो
चकमन्न रातमा
हाइकु फुर्यो

५
पानीपरेछ
रमझम रातमा
लोकल ठर्रा

६
चम्कियो सूर्य
बिछोडमा म रुँदा
केटीको मन

७
पातको माथी
डलपल पानीझैँ
उफ! नेपाली

८
बाँदर नाच्यो
चटकी इशारामा
हामी नेपाली

९
अस्तायो सूर्य
डाँडाबाट बिस्तारै
मेरो जीवन

१०
पात हल्लियो
बतास नचल्दानि
नेपाली कुरा

११
रोकिएन खै ?
बगिरहेको खोला
मेरो कहानी

१२
ぼくのへや   僕の部屋  bokuno heya त्यो मेरो कोठा
ぶんべつのない   分別のない  bunbetuno nai केहि नछुट्टाएको
ごみおきば    ごみ置き場  gomi okiba फोहरी ठाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *