आखिरीमा मर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?
दु:खै मात्र गर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?
चाहे जस्तो हुन्न रैछ, जिन्दगीको गोरेटोमा
सयौं खोला तर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?
फूलिरहुँ जस्तो लाग्छ, फूल जस्तै हाँसी खुसी
ओइलिएर झर्नुपर्ने, जिन्दगीको चोला कस्तो ?
गन्तव्यमा पुग्नलाई, लामो यात्रा पार गर्दा
खाडलमै पर्नुपर्ने, जिन्दगीको चोला
http://www.dolakhanepal.blogspot.com/
