तिमीलाई सम्झिएर बस्दैमा दिन ढल्यो
मुटुभित्र लुकी चोरी पस्दैमा दिन ढल्यो
तिमी बिना एकान्तमा टोलाएर रुँदारुँदा
तप्प आँसु आँखाबाट खस्दैमा दिन ढल्यो
चुँडिएर जाला भनी मदेखि माया कतै
बिस्वासको डोरी-बाटी कस्दैमा दिन ढल्यो
तिमी नै हो जीवन भनी सबै थोक बिर्सिएर
अन्धो मायाजालभित्र फस्दैमा दिन ढल्यो
मायाको भीख माग्दै जोडेर दुइ हातहरू
खरानी यो निधारमा घस्दैमा दिन ढल्यो
