Skip to content

देश दुख्यो छातीभरि

  • by


देश दुख्यो छातीभरि, टोलाएर गजल लेखें
के छ हाल देशको गाँउले बोलाएर गजल लेखें ।

रक्षक नै भक्षक भए भाला बोकी घुमेका छन
देश घोचे मुटुभरि लोलाएर गजल लेखें ।

नेपालीको रगतमा रमाउदै होली खेल्ने
नेताहरूको सारा कार्तुस खोलाएर गजल लेखें ।

आगो बल्यो मुटुभित्र देश सम्झी बिदेशमा
एकान्तमा बसी मुटु पोलाएर गजल लेखें ।

कर्मै यस्तो नेपालीको खेतालानै काम चोर भए
भनी मनमा दु:ख सुख घोलाएर गजल लेखें ।

तीर्थ”यात्री”पौडल

Leave a Reply

Your email address will not be published. Required fields are marked *