Skip to content


उनी उता म यता टोलाउँछु
फोटो हेर्छु फोटोमै बोलाउँछु
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

दुईचार दिन भो फोन बार्ता भा’छैन
के छ ज्यानको खबर थाहा छैन
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

फोनले पनि बिजी टोन बताउँछ
यो मनमा भूईंचालो गइरहन्छ
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

लालाबाला उनकै जिम्मामा
आँसु झारी रुदैथिन हिंड्दामा
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

सावनको झरी झैं भएर
ज्यान सुक्यो कि रात दिन रोएर
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

साहुको ऋणले यो मन पोल्दैछ
मेरो बाटो साहुले पो हेर्दैछ
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

काम धेरै आराम मिल्दैन
खाने सुत्ने ठेगान हुँदैन
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

अठारघण्टा काम छ, दाम छैन
हाम्रो यहाँ केहि पनि चल्दैन
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

फिर्छु म त घर बारी निखनी
तिमी जस्तै भाको छु म पनि
बहराइनबाट नेपाल जाने दाइ
सम्झिया छ रे भन्दिनु
मेरी उनीलाई ।

रात दिन तिमीलाई सम्झिदा
न त भोक न रातमा निद्रा छ
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

सुको रोटो भरपेट खानु है
खालि पेट कहिल्यै न बस्नु है
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

तीर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *