बोल्दा पनि आगो फ्याली बोल्छ मान्छे आज
थाहै नपाई कोमल मुटु बनाएर खाग ।
मनोमानी किन भन यही मुटुमा बसी
अन्तै बसाइँ सर्यौ किन मनमा छुरा घसी
अरु सबै लुते स्याल आफू सोच्छ बाघ
थाहै नपाई कोमल मुटु बनाएर खाग ।
माया प्रेम लिलाममा डाँक बढाबढ गरी
मनवताकै बिक्री भयो धनको बसमा परी
आफ्नै लाउछन धारे हात बाटो छेक्छन आफ्ना
लाग्छ मेरो मुटु आज छैन मेरै साथमा
यही मुटुमा आगो लाउँछन बनाउँछन दाग
थाहै नपाई कोमल मुटु बनाएर खाग ।
तीर्थ “यात्री” पौडेल
