सपनालाई तामेलीमा राखेर
रहरहरू फुलाउन चाहन्थे
जिजीविषा थियो ऐशले बाँच्ने
मृगतृष्णा थियो सुन्दर जीवन जिउने
तर आज मैले रहरहरूको दाग बत्ती दिए
सपनाहरूले आत्मा हत्या गरे पछि,
जिजीविषाको गला रेटेर
आज म हत्यारो भएको छु
किन लाग्छ मलाई सधै यो जिन्दगी खालि खालि
कहिले फुल्छौ भन तिमी यो मनको डाली डाली
तिमी हाँस यो जिन्दगी जून बनी झिली झिली
रोयौ भने जूनकिरी झै लाग्छ जीवन पिली पिली ।
किन मानव दुर्जन भइ यहाँ कुरा अनेकौ गरी
हिड्छौ साँझ, बिहान नगरमा साँढे सरी झै चरी
मान्छे हो हुन त स्वभाव ननिको लिएर आयो यहाँ
भाइ भाइ बीच छ पानी बारबार शान्ति छ खोई कहाँ ।