तिम्रै लागि भनी जिएँ यो जिन्दगी आधा-आधी
छुरी बोकी किन तिमी सधै मेरो अघिपछि
बलेसी भई आँखाहरू ताल बनेका छन
आफ्नै भन्ने मान्छेहरूले जाल बनेका छन
कता जाऊँ अब मैले काँडे तारको बार छ नि
बार नाघी जादाँ उता खुकुरीको धार छ नि
तिमीलाई नै बनाए मैले मेरो अधिपति
तर पनि छुरी बोकी हिंड्यौ अघिपछि ।
दिलभित्रै बास दिएँ मैले आफ्नो मानी
सजिलो भो छुरी हान्न तिम्लाई छामी छामी
मुटु मेरो छिया छिया भयो छुरी घस्दा
सजिलो भो छुरी हान्न तिमीलाई त्यही बस्दा
आफ्नै भाग ठुलो पर्न गर्यौ कस्सा कस्सी
भन किन छुरी बोकी तिमी अघिपछि ।
तीर्थ “यात्री” पौडेल
