नाशवान चोला हाम्रो, अभिनाशी साथमा आत्मा
मार्ने या त बचाउने, मानिसकै हातमा आत्मा ।
असल खराब छुट्याएर गर्नु पर्छ कर्महरू
दिन बनाइराख्यौ भने, बरालिदै रातमा आत्मा ।
काम गर्ने हात पाउ, लगाउने दिमाख साथमा
शुभ-तीर लगाऊ मन नलागाऊ मातमा आत्मा ।
पश्चातापको अँगेनोमा पर्छौ हेर होस गर
भड्किएर हिड्छ हेर जताततै घातमा आत्मा ।
ठुलो सानो कोही छौ दरिद्र चाहिँ सोचाइ हो
ईश्वर एउटा बसेको छ, निर्मित त्यो जातमा आत्मा ।
तीर्थ”यात्री”पौडेल
