Skip to content

माया जाल छुटायौ ख्याल ख्यालैमा

  • by


यो मायाको फूल-बुट्टे चोलीले
मनै लुट्यो मोहनी बोलीले
हाँसौ तिमी जुन सरी सुस्तरी
तिम्रो मुहार भुलुँ म कसरी
सिमल टारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

मायालुले किन मन फेरेको
मेरै अघि अर्कालाई टेरेको
यो मन रुवाई
माछो भनी भ्यागुतो देखायौ
तिमीले मलाई
सिमलटारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

गयौ तिमी बिरह चलाई
यो मनमा डडेलो लगाई
हेर्दै रमिता
हेर्दा हेर्दै अर्काकी भएर गयौ तिमी त,
सिमल टारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

के के सोच्यौ तिमीले मनमा
अल्झियो की मन पापी धनमा
नहोस रिसानी
तिम्लाई सम्झी सुकेन रातमा शिरानी
सिमल टारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

तिम्रै फोटो हेरेर म रुँदा
मेरै मुटु मसंग नहुँदा
रित्तो भएको छु
पर्चा निषेध लेखेर छोडेको भित्तो भएको छु
सिमल टारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

तीर्थ “यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *