Skip to content

तिहारको सन्देश

  • by


हे मेरा मित्र साथी र भाइ नेपाली सबैलाई
उमङ्ग छयोस खुशी साथ रहोस के भनौ अरु खै
तिहारभरि द्यौसी र भैलो खेलनु मिलेर
चन्द्रमा जस्तो मुहार बनोस खुशीले खिलेर

सेल रोटी पकाई खानु है साथी भेला सब भएर
चेलीका हातको फूल माला लाउनु दाजुभाइ गएर
टिका लाइसकी माइतीलाई चेली आशिस दिनु है
राम्रो र शुभ होस भनी सदा मनमा लिनु है।

शान्तिको देशमा बहाली भई संबिधान लेखिओस
पूर्वमा लाली उदाए जस्तै राम्रो देश देखिओस
देशमा हाम्रो ठुलो र सानो भेदभाव नहोस है
पहाडे, मदिशे काले सेते रंग भेद नहोस है।

नेपाल हाम्रो सबै नै जनको फुलबारी साझा होस
तेरो र मेरो त त र म म अहंकार फ्यालिओस
नेपाली सारा नेपाल बागको फूल रुग्ने माली हुन
सगरमाथा समान शान बिदेसी झुकी रहुन।

यही छ मेरो दिपावलीको मङ्गल कामना
खुशीले रम्नु सफलता चुम्नु यही छ चाहाना
शत्रुको शिर झुकोस है साथी अगाडी पर्दामा
लाखै लाख सबैमा मेरो छ शुभकामना
लाखै लाख सबैमा मेरो छ शुभकामना ।

(झ्याउरे छन्दमा)

तीर्थ”यात्री”पौडेल
लखनपुर३ झापा, नेपाल
हाल:बहराइन,
२०६७/७/१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *