Skip to content

तीर्थ (यात्री) पौडेल

दिदी माइत आऊ है

  • by

यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है
विदेशिएँ दिदी म त साहुको ऋण बोकी
सकिएन ऋण तिर्न गाँउमा हलो जोती
आटो पिठो सुको रोटो मिठो मनि खाँदा
मन रुन्थ्यो पियारीले साहुका भाँडा माझ्दा
सानो छोरो महाजनकै गाई-गोठालो दिए
घर बसी सधै भरि आँसु मात्र पिए
यसपालीको तीजमा दिदी माइत आऊ है
आटो पिठो जो भएको पकाई खाऊ है ।

जन्मिएको ठाउ सम्झदै छु

  • by

जन्मिएको ठाउ आज सम्झदै छु साथी
नेपालकै नाउ आज सम्झदै छु साथी।

गुड छोडी टाडा टाडा चर्न गए पनि
जन्माउने माउ आज सम्झदै छु साथी।

दुखेको छ यांग-शिला खारा जलजलामा
बल्झिरहने घाउ आज सम्झदै छु साथी।

पीर उस्तै उस्तै

  • by

तिमी उता, म छु यता पीर उस्तै उस्तै
मेरो हिड्ने बाटो अनि भीर उस्तै उस्तै।

गरिबीले थालिए छु ऋन माथि ऋण छ
मैले खाने ढिडो रोटो खीर उस्तै उस्तै।

श्रद्धा सुमन

  • by

कस्तो ठुलो विपद आमा! आज तिमीले देख्नु पर्यो
मैले पनि श्रद्धा सुमन अक्षरमा लेख्नु पर्यो ।

किन सधैं यान्त्रिक चरा यसरी नै झर्छन भनी
खाटी कुरा गहिरिएर बिज्ञहरूले खोज्नु पर्यो।

मौसमको खराबी वा यान्त्रिक खराबी हो
उडान भर्नुभन्दा पहिले संचालकले सोच्नु पर्यो।

(२०६७/५/८ गते भएको अग्नि एअरको बिमान दुर्घटनाको शब्द-चित्र)

TirthaYatriPoudel-AttachPic01

हाँसेकी छौ लाली अधर खोली आज

  • by

मुसुमुसु हाँसेकी छौ लाली अधर खोली आज
मनै छुने कती मिठो सानी तिम्रो बोली आज।

फरिया र चौबन्दीमा सजिएर डोको बोकी
घाँस काट्न झर्यौ सानी खेत छेउको खोली आज?

तिमी हाँस्दा दाँत लहर मोती दाना झल्काउने
परदेशमा बसेको छु तिम्रो माया तोली आज।


तस्बीर श्रोत: इ-कान्तिपुर

सुनाखरी भई तिमी फुलिदेऊ

  • by

जाही जुही सुनाखरी भई तिमी फुलिदेऊ
मेरो मन्को गमलामा सधैंभरि झुलिदेऊ,

फुलाउछु तिमीलाई यो दिलको बगैंचामा
बिहानीको आकास झैँ सदाबहार खुलिदेऊ,

सधैंभरि ढकमक्क सोभा दिंदै यी आँखामा
मन्मोहक सुवास बनी वरिपरी डुलिदेऊ,

नगरबधु

अभावको सुमेरु उक्लन
भगीरथ प्रयास गर्दा
महंगीको सगरमाथाले
थिचिएर केचना भएपछि,
जिजीविषाको मृग मरिचिका पालेर
गोधुलीको बिदाई पश्चात
शुरु गरेर दिनचार्य विवश बाँची रहेकी
म नगरबधु

शिरफूल किन्नसम्म पैसा छैन

  • by

शिरफूल किन्नसम्म पैसा जोहो छैन अहिले
शिरफूल लाउँछु भनी हिंड्दा बाटो छेक्यौ पहिले,
के मुखले आउ प्यारी खाली हात भन
समाजको इज्जत राख्न चाहिदो रैछ धन,

बेचैनी छु म पनि त मिलनको आशमा
तिम्रै आँशु मात्र पाउँछु प्रत्येक गाँस गाँसमा
सम्झिरहन्छु तिम्रो न्यानो अंगालोको मात
कुदाएका तनभरि कोमल ती हात,

चौतारीमा ढुकी बसे

  • by

तिमी हिंड्ने बाटो हेरी चौतारीमा ढुकी बसे
आउँदाखेरि झुक्याउनलाई बरको रुखमा लुकी बसे,

सधै हाम्रो भेट हुने मानेडाँडा चौतारीमा
तिम्रो फोटो हातमा लिई केही क्षण रुकी बसे,

अतितले खेदिरह्यो सम्झना भई यी आँखामा
चर्कियो मुटु बेदनाले शान्त पर्न फुकी बसे,

आफ्ना मान्छे

मान सम्मान गर्यो भने निर्बल सोची टाउको टेक्छ
मान्छे कति निर्दयी छ, अघि जाँदा बाटो छेक्छ
कसो गरी अघि जानु लक्ष्य चुम्नु कसो गरी
आफ्नै मान्छे भनाउदाले भित्र बाहिर सबै देख्छ
बिरोध गर्ने पनि आफ्नै खुट्टा तान्ने पनि आफ्नै
बदनाम गर्न खातिर मान्छे नानाथरी कुरा लेख्छ,

काल्पनिक सम्भोग

म तिमी, तिमी र म
हामी प्रणाम समागमको पूर्व-तयारीमा
एक अर्कामा विलय छौ,
तिमी म, म र तिमी
तल माथि, माथि तल
म तिम्रो केशको छहारी ओढी
तिम्रै काख ओछ्याएर निदाउने बहानामा
सर्बांङ्ग सुम-सुमसुम्याउछु श-शरीर
तिमी मलाई नियाल्दै रमाउँछ्यौ

म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला

  • by

म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला
आफै मान्छे भनाउँदाको अनायासै हात लाग्ला,

बाँधी राखे पनि मन बरालियो भने कतै
होस राख्नु जोस कतै नगरेको बात लाग्ला,

तिमी सम्झी बिदेसमा बसेको छु वियोग खपी
सम्झिएर रंगीन रात एकान्तमा मात लाग्ला,

भानु र भाषा

  • by

भानु आज म तिम्रो काल्पनिक सालिकनेर उभिएर
नेपाली भाषा साहित्यको आदि र तिमीलाई सम्झदै छु
तिमीले शुरु गरेको नेपाली साहित्य आज महासागर भएको छ
मानिसहरू माछा बनेर त्यसैमा डुबुल्की मार्दैछन्,
तिमी नेपाली भाषा साहित्यका आदिपुरुष हौ,
तिम्रो नामले मात्र पनि म आफुलाई गौरबशाली ठान्छु

ताप्लेजुङ्

  • by

पाथिभरा कन्चनजंघा शिरमा राखेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,
ताबाखोला, कालीखोला अविरल बग्ने
तमोर र कबेलीले अरु शोभा भर्ने,
निधारमा सधैंभरि सुके राखेर
मुसुमुसु हाँसेको छ तोक्मे बजार,

पर्खी बसेकी छु

  • by

कान्छा तिमी आउने दिन पर्खी बसेकी छु
दुनियाँको नजरबाट तर्की बसेकी छु,

नभुल्नू है बाचा कसम देउरालीमा खा’को
तिमी आउने बाटैतिरै फर्की बसेकी छु,

रातहरू सम्झँदैछु

  • by

तिमीसँग बिताएका रातहरू सम्झँदैछु
तनभरि कुदाएका हातहरू सम्झँदैछु,

दूर हुँदा तिमीबाट नपाउँदा स्पर्श त्यो
युगल मनका बराबरी मातहरू सम्झँदैछु,

सम्झनामा झर्यो आँसु

आज के भो के भो सानु सम्झनामा झर्यो आँसु
देश सम्झी बिदेशमा रुँदा रुँदै टर्यो आँसु,

देश बेच्दा बेईमानाले दु:ख लाग्छ कसो गरूँ
नमाने रै मेरो मन सिरानीमा पर्यो आँसु ,

मारामारी भयो सधैं अनि बुद्ध सोधें

  • by

कहिले सोधें शान्ति मैले कहिले युद्ध सोधें
मारामारी भयो सधैं अनि बुद्ध सोधें,

कति मरे निसान लगाई बुद्ध तिम्रै चेलाहरू
निर्ममता साथ मान्छे मर्ने को हो क्रुद्ध सोधें,